गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर) « Khabarhub

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ लाई खारेज गर्नुपर्ने भन्दै सोमबार पनि काठमाडौंमा खबरदारी जुलुससहितको सभा गरिएको छ ।

बसन्तपुरबाट निकालिएको जुलुसले न्युरोड, रत्नपार्क, भोटाहिटी, भद्रकाली, शहीद गेट, सुन्धारा, खिचापोखरी हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो । जुलुसमा सहभागीहरुले गुठी बिधेयकको खारेजीसँगै भूमिसुधार मन्त्री, सञ्चार मन्त्री र गृहमन्त्रीको राजीनामा समेत माग गरे ।

सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेपनि सरोकारवालाले भने खारेज नै हुनु पर्ने माग अघि सारेका छन् । गुठी विधेयक खारेज नभए संस्कृति मासिने र नेपालको अस्तित्व नै मेटिने अभियान्ता तेज रत्न ताम्राकारले बताए ।

‘सरकारले विधेयक ल्याएर गर्न नहुने काम गर्‍यो’ उनले भने, ‘अब छुट्टै समिति गठन गरी, कसरी यो विषयलाई सम्बोधन गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन आवश्यक छ ।’

सभ्यता मास्दै नेवा भूमिलाई अतिक्रमण गरी नेवार समुदायलाई विस्थापित गर्ने नियतका साथ सरकारले गूठी विधेयक ल्याएको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका सदस्य उमेश श्रेष्ठले बताए ।

समितिले गुठी विधेयक खारेज नभएसम्म चरणबद्ध रुपमा खबरदारी कार्यक्रम जारी राख्ने जनाएको छ । सरकारले राष्ट्रिय सभामा पेस भएको गुठी विधेयक फिर्ताको प्रक्रिया अगाडि बढेको बताए पनि सरोकारवालाले भने खबरदारी अभियान जारी राखेका छन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : २१ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार