सिन्धुपाल्चोकको नयाँ गन्तव्य स्याबल पोखरी « Khabarhub

पर्यटन

सिन्धुपाल्चोकको नयाँ गन्तव्य स्याबल पोखरी

‘जसले जुगल हिमालको परिचय फराकिलो बनाउन सक्छ’



सिन्धुपाल्चोक : नेपाल भौगोलिक रुपमा धेरै सुन्दर देशमा पर्छ । जुन आजसम्म धेरै पर्यटकीय क्षेत्रले यसलाई पुष्टि गर्छन् । सिन्धुपाल्चोक पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रमा पर्छ । जसको नेतृत्व जुगल हिमालले गरिरहेको छ ।

जुगल हिमाललाई पछ्याउँदै जाँदा ४ हजार २ सय मीटर उचाईमा रहेको स्याबल पोखरी पनि महत्वपूर्ण पर्यटकीय सम्भावना भएको क्षेत्र हो । चारैतिर बाट अग्लो पहाडले घेरिएर बीचमा अवस्थित यो पोखरी जति शान्त छ, त्यति सुन्दर पनि छ ।

तर बाटो निकै कठिन भएकाले यो पोखरी पुग्न भने सजिलो छैन । तेम्बाथाङबाट उकालो लागेर घण्टौ हिँडेपछि यो पोखरी पुग्न सकिन्छ । खासगरि जनैपूर्णिमाका दिन यो पोखरीमा पनि स्थानीय पर्यटकले मेला भर्ने गरेका छन् ।

यद्यपी विकटताले भने यो पोखरीमा उल्लेखनीय आन्तरिक पर्यटक पुग्न सकेका छैनन् । पोखरी पुग्दा र पोखरी परिसरमा बस्दा शान्त र सुन्दरताले मनै लोभ्याउने गरेको छ ।

जुन पोखरीबाट सजिलै जुगल हिमाल पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : ४४ बजे

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्

तीजको कोसेली : कर्णालीको स्याउ

राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम- इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद

विपद् संकटग्रस्त क्षेत्रका सांसद र स्थानीय तह प्रमुखसँग प्रधानमन्त्री बालेनको बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र