भारतलाई एक खेल अगावै एकदिवसीय सिरिज | Khabarhub Khabarhub

भारतलाई एक खेल अगावै एकदिवसीय सिरिज


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- भारतले दोस्रो एकदिवसीय खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

हरारेमा शनिबार भएको खेलमा भारतले घरेलु टोलीलाई ५ विकेटले हराएको हो । यस जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिज एक खेल अगावै २–० ले जितेको छ ।

जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर सञ्जु स्यामसनले ३९ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए ।

ओपनर शिखर धवन २१ बलमा ४ चौकासहित ३३ रन, कप्तान लोकेश राहुल १, ईशान किशन ६ र दीपक हुडा २५ रनमा आउट भए । शुभमन गिल ३४ बलमा ६ चौकासहित ३३ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवेले सर्वाधिक दुई विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८ ओभर १ बलमा अलआउट हुनु अघि १ सय ६१ रन बनाएको थियो ।

उसका लागि सेन विलियम्सले ४२ तथा रायन बर्लले अविजित ३८ रन बनाए । ईनोसेन्ट काई तथा सिकन्दर राजाले समान १६/१६ तथा ब्राड इभान्सले ९ रन बनाए ।

पाहुना टोलीका लागि शार्दुल ठाकुरले ३ तथा कुलदिप यादव,प्रसिद्ध कृष्णा, अक्षर पटेल, मोहम्मद सिराज र दिपक होडाले समान १/१ विकेट लिए। दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ९ : ५२ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का