६ वर्षपछि फोडियो ताला « Khabarhub

६ वर्षपछि फोडियो ताला


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – महिला तथा बालबालिका कार्यालय खोटाङमा लगाएको ताला छ वर्षपछि फोडिएको छ । मुलुकमा स्थानीय सरकार आएसँगै गाउँपालिका तथा नगरपालिकामा कार्यालय गाभिएपछि लगाइएको ताला आज फोडिएको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्रीको थन्काइएको छ । आठ कोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई आइसोलेशन वार्ड निर्माण गर्न लागिएको छ ।

पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ । गत साउन–२५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो कार्यालयको भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दो रुपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेशन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले बताए । प्रयोग विहीन अवस्थामा रहेको कार्यालयलाई त्यतिकै छोड्नुभन्दा आइसोलेशन बनाएर प्रयोगमा ल्याउन ताला तोडिएको जनाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ३१ बजे

चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

गाईघाट– शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिकासहित आसपासका वृद्धवृद्धा र बालबालिका

‘नेपाल र भारतबीचको सम्बन्ध बलियो बनाउन दुवै देशको पत्रकारिताको योगदान महत्त्वपूर्ण’

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक

काठमाडौं– बलिउडका  ‘टाइगर’ सलमान खानले आफ्नो ६०औँ जन्मदिनमा फ्यानहरूलाई बहुप्रतीक्षित

खानासम्बन्धी हाम्रो समाजमा व्याप्त यी १० भ्रमको पछि नलागौँ

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जालमा भ्युज बढाउन राखिने आकर्षक तर