रसुवामा ट्राफिक कारबाही तीव्र « Khabarhub

रसुवामा ट्राफिक कारबाही तीव्र


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक  अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ।

कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सवारी साधनका गरी दुई सय ५०  चालक कारबाहीमा परेका हुन्।

कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय २५  छन् । कारबाही गरिएकाबाट रु दुई लाख ४१ हजार पाँच सय जरिवाना गरिएको छ।

नेपाल–चीनबीचको व्यापार–व्यवसाय गर्ने रसुवागढी नाका भएका कारण यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको हो। सवारीसाधनमा आवश्यक कागजपत्र नबोक्न पटक–पटक सचेत गराउँदासमेत चालकले आलटाल गरेका कारण कारबाही स्वरूप जरिवाना गर्नुपरेको कार्यालयले जनाएको छ।

विगतको तुलनामा ट्राफिक नियम पालनामा केही सुधार आए पनि पछिल्लो समय नयाँ-नयाँ थपिने चालकबाट बढी मात्रामा हेलचक्र्याइ हुने गरेको पाइएको जनाएको छ। उनले भने, ‘जुन स्थानमा जाँच हुन्छ, सोही स्थानमा ट्राफिक नियमका बारेमा चालकलाई जानकारी पनि दिँदै आएका छौँ।’

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : ४४ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट