सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद « Khabarhub

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।   जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान  २४० केजी गाँजा बरामद गरेको छ।

नेपालबाट अवैध रूपमा लुकाई भारत तर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेको हो । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेकाे कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाकाे आधारमा  गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

उनले भने,´ पछिल्लो समय प्रदेश न. १ को सुनसरी र प्रदेश न.२ को सप्तरीमा अवैध गाँजा तस्करहरू सक्रिय रहेको अवस्थामा सीमावर्ती नाकामा चेकजाँचमा कडाइ गरेपछि उक्त ठूलो परिमाणमा  गाँजा बरामद भएको हो।

पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसी ब्यारेजबाट झन्डै तीन पटक गरी कुल ४९० किलो गाँजा  बरामद  गरेको हो।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ५८ बजे

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा