नेता गिरिको अन्तिम बिदाइ गर्न नेताहरू सानेपामा (फोटो फिचर) | Khabarhub Khabarhub

नेता गिरिको अन्तिम बिदाइ गर्न नेताहरू सानेपामा (फोटो फिचर)


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखिएको हो ।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थिव शरीर राखिने र त्यसपछि पशुपति आर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्ष नेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पताल पुगेर पनि नेताहरूले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थिव शरीरमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थिव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरू जाने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १ : १२ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको