आयुश्री बनिन् लिटिल आइडल « Khabarhub

आयुश्री बनिन् लिटिल आइडल


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गरेको  लिटिल आइडल २०२२ को उपाधि युरो स्कुल हात्तिगौंडामा कक्षा आठमा अध्ययनरत आयुश्री घिमिरेले जितेकी छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा आयुश्रीले शीर्ष उपाधिसहित ३० हजार रुपैयाँ पुरस्कार एवं प्याब्सन काठमाडौँको तर्फबाट एक वर्षको छात्रावृत्ति प्राप्त गरेकी छन् ।

जमलस्थित सांस्कृतिक संस्थानमा भएको प्रतियोगितामा बागमती बोर्डिङ हाई स्कुल सुकेधाराकी प्रश्मी रत्न फस्ट रनर अप,  नेशनल ब्लुमिङ फ्लावर एकेडेमी बुढानिलकण्डकी बिहानी गुरुङ मिस लिडरसिपसहित सेकेन्ड रनर अप घोषित भए । प्रश्मीले २० हजार रुपैयाँ र बिहानीले १० हजार रुपैयाँसहित दुवै जनाले एक/एक वर्षको छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रतियोगितामा १० हजार रुपैयाँ पुरस्कारसहित नेपाल सेन्ट्रल हाई स्कुल नरेफाँटकी सगुन महर्जन मिस ट्यालेन्ट, इलिक्जर एकेडेमी कुमारीगलकी सम्पदा महतो मिस कन्फिडेन्ट, ग्रामर पब्लिक स्कुल काटेश्वरकी सिर्जा शाह मिस डाइनामिस घोषित भए । त्यसैगरी मेरिडियन इन्टरनेशनल स्कुल बालुवाटारकी आश्का भण्डारी मिस पर्सनालिटी, क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरकी अभिलाशा श्रेष्ठ मिस फोटोजेनिक, इडेन ब्रिज एकेडेमी धापासीकी करुना थुलुङ राई मिस फ्रेण्डसिप र केएमसी स्कुल बुद्धनगरकी प्रिन्सु शर्मा मिस इन्टर्‍याक्टिभ हुन सफल भए ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रतियोगीहरूको प्रस्तुति उत्कृष्ट रहेको बताउँदै आफू शिक्षण पेसाबाट आएकाले विद्यार्थीको भावना र प्रतिभा नजिकबाट महसुस गर्न सक्ने बताए । ‘सहभागी छात्राहरूको प्रस्तुति असाध्यै राम्रो लाग्यो । छात्राहरूको अतिरिक्त क्षमता उजागर गर्न  प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको प्रयास सराहनीय छ’, मुख्यमन्त्री पाण्डेले भने ।

राजधानीका विभिन्न विद्यालयबाट आएका ६५ जना प्रतियोगीहरूलाई उनीहरूको दक्षता र प्रतिभाअनुसार आर्ट एक्सेलेन्स अवार्ड, सिंगिङ एक्सेलेन्स अवार्ड, डान्सिङ एक्सेलेन्स अवार्ड, इन्ट्रुमेन्ट प्लेइङ एक्सेलेन्स अवार्ड, पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्डलगायत विभिन्न अवार्डबाट सम्मान गरिएको थियो । प्याब्सन काठमाडौँकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय प्याब्सन एवं प्याब्सन काठमाडौँका पदाधिकारीहरूले विजेता एवं सहभागीहरूलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा प्राज्ञ प्रदीप बोमजन, डीआईजी भीम ढकाल, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, मिस कस्मोपोलिटन वर्ल्ड २०१९ प्रियारानी लामा, अभिनेत्री उषा रजक, मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ र नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेजका डेपुटी डाइरेक्टर शिव अधिकारी निर्णायकका रूपमा रहेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ६ : २१ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट