धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते « Khabarhub

धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको तादीमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छन् । तादी गाउँपालिका– ५ गोरे घर भएकी ५० वर्षीया दुर्गा न्यौपानेमाथि स्थानीय ४० वर्षीय शम्भु तामाङले आइतबार हँसिया प्रहार गर्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घाइते महिलालाई उपचारका लागि स्थानीय खरानीटार अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ । गम्भीर घाइते महिलाको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ९ : ०६ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र