गिरिको शोकमा कल्याणपुर नगरपालिकामा आज बिदा « Khabarhub

गिरिको शोकमा कल्याणपुर नगरपालिकामा आज बिदा


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ ।

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ ।

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो ।

उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : ५२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज