सामाजिक सुरक्षा भत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने | Khabarhub Khabarhub

सामाजिक सुरक्षा भत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाकाे समेत व्यवस्था गर्न थालेको छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज होस् भनेर उनीहरूलाई यातायातको सुविधा दिन थालेको हो ।

यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘प्रत्येक पटक सामाजिक सुरक्षा भत्ता बुझ्न  जाने नागरिकका लागि यो सुविधा दिइनेछ ।’

वडाध्यक्ष शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षा भत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । बैंकले त्रैमासिक रूपमा भत्ता   प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : ४१ बजे

हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाए राजस्व बढ्छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई

जुम्लाका आठ वटै स्थानीय तहले ल्याए बजेट

जुम्ला– यहाँका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०८२-८३ का

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को

आन्तरिक उत्पादन बढाउनेगरी राजस्व नीति बनाउन सरकारलाई ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा

डडेल्धुराका सात वटै स्थानीय तहको बजेट सार्वजनिक, 

अमरगढी– डडेल्धुराका सात वटै स्थानीय तहले मंगलबार आर्थिक वर्ष २०८२/८३ का