विश्व इतिहासमा आज : वासिङ्टन डीसी कब्जादेखि प्लूटो उपग्रह घोषितसम्म « Khabarhub

 विश्व इतिहासमा आज : वासिङ्टन डीसी कब्जादेखि प्लूटो उपग्रह घोषितसम्म


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भाद्र ८ गते बुधबार । सन् २०२२ को अगस्ट २४ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् ।

सन् २००६ अगस्ट २४ मा अन्तर्राष्ट्रिय खगोलीय संघ आईओयूले ग्रहलाई पुनर्भाषित गर्ने क्रममा प्लूटोलाई ग्रहको समुहबाट भिन्न गरेको थियो । सो संघले प्लूटोलाई उपग्रहको समूहमा समावेश गरेको थियो ।

सन् २००४ अगस्ट २४ मा रुसको मस्को नजिक चेचन्या आत्मघाती हमलाकारीले २ एयरलाइनर विस्फोट गर्दा ८९ यात्रुहरुको मृत्यु भएको थियो ।

सन् १८१४ अगस्ट २४ मा मेजर जनरल रोबर्ट रसको नेतृत्व बेलायती सेनाले वासिङ्टन डीसी कब्जा गरेर आगो लगाएका थिए ।

सन् १९९२ अगस्ट २४ मा एन्ड्रयू नामक तुफानका कारण फ्लोरिडा क्षतिग्रस्त भयो । संयुक्त राज्य अमेरिकामा सो तुफानले २६.५ अर्ब अमेरिकी डलरको क्षति गर्नुको साथै ६५ जनाको ज्यान लिएको थियो ।

सन् १९९१ अगस्ट २४ मा युक्रेनले आफूलाई स्वतन्त्र घोषणा गर्‍यो । सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभलाई हटाउन गरिएको कु विफल भएसँगै यूक्रेनले स्वतन्त्रता घोषणा गरेको थियो ।

सन् १९८१ अगस्ट २४ मा मार्क डेभिड च्यापम्यानलाई पूर्व ब्यान्ड बीटल्सका सदस्य जोन लेननको हत्या गरेको सजाय स्वरुप २० वर्ष जेल सजाय सुनाइएको थियो ।

सन् १९६३ अगस्ट २४ मा ‘मेटल गियर सिरिज’ का सिर्जनाकर्ता र निर्देशक एयु कोजिमाको जन्म भएको थियो ।

सन् १९५४ अगस्ट २४ मा संयुक्त राज्य अमेरिकामा कम्युनिष्ट विरोधी भाव बढेसँगै कांग्रेसले कम्युनिष्ट नियन्त्रण ऐन पास गरेको थियो ।

सन् १८९१ अगस्ट २४ मा थोमस एडिसनले चलचित्र क्यामेराको पेटेन्टको लागि निवेदन दिएका थिए ।

सन् १८६९ अगस्ट २४ मा संयुक्त राज्य अमेरिकाले ‘वाफल फलाम’ पेटेन्ट गरेको थियो । वाफल पकाउन बनाएको सो फलामको पेटेन्ट न्यूयोर्कका बासिन्दा कर्नेलियस स्वार्टवाउटले प्राप्त गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : १५ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको