लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु « Khabarhub

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।

खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति यम बरालका अनुसार अभियानमा जिल्लाभरका ५ वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार ३३९ जनालाई फाइजर खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेको छ । १२ गते सम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि जिल्लामा १९ हजार ७ सय मात्रा खोप आएको खोप अधिकृत बरालले बताए।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : १८ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को