बाँकेमा राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण सङ्कलन « Khabarhub

बाँकेमा राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण सङ्कलन


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी समन्वय बैठकमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले एउटा वडामा दुई स्टेशन राखेर विवरण सङ्कलन हुने जानकारी दिए ।

उहाँले अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको र १२ जिल्लामा जारी रहेको बताए । विभागले चालु आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ । १६ वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचयपत्र बनाउने गरिन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा नक्कल नहुने विश्वास गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायत सहभागी थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ११ : ४७ बजे

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका