ओलीको आपत्ति : सरकारले महत्त्वपूर्ण विषयमा एमालेसँग कुनै सरसल्लाह गरेन | Khabarhub Khabarhub

ओलीको आपत्ति : सरकारले महत्त्वपूर्ण विषयमा एमालेसँग कुनै सरसल्लाह गरेन


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका विषयमा वर्तमान गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सरसल्लाह गरेन । एक वर्षअघिको नेकपाको विवाद, एमाले विभाजन, तत्कालीन ओली सरकारको परिवर्तनले सत्तापक्ष र प्रतिपक्ष संवादहीन अवस्थामा थिए ।

नेपाली कांग्रेस उदारवादी भए पनि यस पटक माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एमालेसँग निरन्तर संवाद गर्न चाहेन । तर, पनि प्रधानमन्त्री देउवाले आफू निकट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँणलाई बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग छलफलका लागि पठाइरहे ।

ओलीमा प्रधानमन्त्रीबाट हट्नुपरेको रिस शान्त नभइसकेकाले पनि सत्तापक्षले प्रमुख विषयमा प्रतिपक्षसँग संवाद गर्न चाहेन । प्रधानमन्त्री देउवा आफैँ बालकोट पुगे । त्यसपछि मात्र ओली प्रधानमन्त्रीबाट हटेको आठ महिनापछि बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरे ।

तर, त्यसपछि प्रमुख प्रतिपक्ष र सरकारबीच एउटै टेबुलमा बसेर कुराकानी गरेनन् । जसले गर्दा स्थानीय तहको निर्वाचन, नागरिकता विधेयक, निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोगसम्बन्धी विधेयकबारे एमालेसँग सरकारले कुनै छलफल गरेन । मुलुकका जल्दा बल्दा र दीर्घकालीन महत्त्वका विषयमा भाग लिन छुटेपछि बल्ल एमालेले सरकारले प्रमुख प्रतिपक्षलाई निषेध गर्न खोजेको महसुस गर्‍यो । त्यस लगत्तै बुधबार बिहान एमाले अध्यक्ष केपी ओली पार्टीका उपाध्यक्षद्वय सुवासचन्द्र नेम्बाङ र विष्णु पौडेललाई लिएर बालुवाटार पुगे ।

ओली करिब डेढ घण्टा बालुवाटारमा प्रधानमन्त्री देउवासँग छलफल सकेर फर्किए । भेटमा सत्तापक्षबाट देउवासँगै सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग संवादहीनताको अवस्था रहे पनि सरकारले सबैलाई विश्वासमा लिएर निर्वाचनमा जान चाहेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले निर्वाचन घोषणा र नागरिकता विधेयक संसदबाट पारित गराउने वेला सरकारले प्रमुख प्रतिपक्षी दललाई पूरै बेवास्ता गरेको भन्दै आपत्ति जनाएका थिए । उनले सरकार एक्लै हिँडेर ठिक ठाउँमा पुग्न नसकिने धारणा व्यक्त गरेका थिए । राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमा सरकारले एमालेसँग कुनै छलफल नगरी प्रतिनिधिसभाबाट बहुमतका आधारमा पास गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

संसदमा नागरिकता विधेयक पेस हुने दिन ओली गृह जिल्ला झापा पुगेका थिए । स्रोतका अनुसार आगामी निर्वाचनसम्म नागरिकता विधेयक यथास्थितिमा राख्न ओलीले देउवासँग आग्रह गरेका थिए । देउवाले यो प्रस्ताव गठबन्धन दलका नेताहरूसमक्ष राख्ने बताएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : ३३ बजे

भत्काउँदै गरेको नक्साल भाटभटेनी ढल्दा मजदुर घाइते (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गते तोडफोड र आगजनी भएको नक्सालस्थित

प्रधानमन्त्रीलाई ‘जेन-जी बहिनी’ भनेका ओलीको आक्रोश : हिजो जसले देश जलाए, आज उनैले चलाउँदैछन्

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला

अवैध लागूऔषध गाँजासहित श्रीलंकन नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो, धान फल्यो ?

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका