'कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ' | Khabarhub Khabarhub

‘कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ’


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् । 

पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा आज केन्द्रीय विभागका प्रमुख र उप-प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताए । 

जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले वाम शक्तिको एकताबाट सामाजिक रूपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा विभागका कामको संक्षिप्‍त रिपोटिङसहित चुनावी घोषणापत्रका लागि सुझाव संकलन गरिएको थियो । बैठकमा १७ वटा विभागले आफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ०३ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन