आईसीसी विश्वकप : उपाधी दावेदार इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै « Khabarhub

आईसीसी विश्वकप : उपाधी दावेदार इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) उपाधी दावेदार टोली इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दैछन् ।

लर्ड्समा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा शुरु हुनेछ । लर्ड्स क्रिकेट मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा छन् । दुवै टोली उपाधी दावेदार भएका कारण आजको खेल निक्कै आकर्षक हुने खेलप्रेमीको विश्वास छ ।

घरेलु टोली इंग्ल्याण्ड अष्ट्रेलियालाई हराएर तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट ८ अंक जोडेको इंग्ल्याण्ड चौंथो स्थानमा छ ।

इंग्ल्याण्डलाई घरेलु समर्थकको साथ हुनेछ । तर, इंग्ल्याण्डलाई अष्ट्रेलियाविरुद्ध जित निकाल्न त्यति सहज भने हुनेछैन । इंग्ल्याण्ड ओपनर जासन रोयविना मैदान उत्रनेछ ।

यता, अष्ट्रेलिया घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । ६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानको न्युजिल्याण्डभन्दा मात्र १ अंकले पछि छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै