नख्खु कारागारका कैदी शिक्षण अस्पतालबाट फरार « Khabarhub

नख्खु कारागारका कैदी शिक्षण अस्पतालबाट फरार


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् ।

शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४ बजेतिर फरार भएका हुन् । फरार हुनेमा रामेछापका भोला बुढाथोकी रहेका छन् ।

नक्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको बताए ।

झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिले देखिनै उपचार हुँदै आएको थियो । फलोअपको लागि आज अस्पताल लग्दा उनी भागेका हुन् ।

उनको एक हातमा हतकडी रहेको थियो । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ ।

कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई २०७२ सालमा नक्खु कारागार ल्याइएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ९ : ४६ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित