तामाकोसी जलविद्युत् आयोजनामा बेपत्ता युवकको शव दुई सातापछि फेला | Khabarhub Khabarhub

तामाकोसी जलविद्युत् आयोजनामा बेपत्ता युवकको शव दुई सातापछि फेला


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक जना युवकको शव दुई सातापछि फेला परेको छ ।

माथिल्लो तामाकोसी जलविद्युुत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत् आयोजनाको ड्याममा फेला परेको थियो ।

यसअघि काठमाडौँबाट आएको गोताखोरसहितको टोलीले खोजी गर्दा शव फेला पर्न सकेको थिएन । सुरक्षाकर्मीको टोलीले विज्ञसहित निरन्तर खोजी गरिरहेको थियो ।

लामो समयसम्म पनि शव फेला नपरेपछि जलविद्युुत् आयोजना र पीडितपक्षका बीचमा सहमति भइसकेको छ । मृतक लामाबगरस्थित दुगड हाइड्रो पावरको स्काभेटर मर्मत गरी डुङ्गामा फर्किने क्रममा तामाकोसी आयोजनाको बाँधमा खसेर बेपत्ता भएका थिए ।

फेला परेको शव परीक्षणपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : ०० बजे

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ