तीन दललाई निर्वाचन चिह्न प्रदान « Khabarhub

तीन दललाई निर्वाचन चिह्न प्रदान


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले विभिन्न नयाँ तीन दललाई निर्वाचन चिह्न आज प्रदान गरेको छ । आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न दल दर्ताको निवेदन पेस गरेकामा ती दललाई मागबमोजिमकै तत्तत् निर्वाचन चिह्न प्रदान गरेको हो ।

उक्त चिह्न तत्तत् दलको निर्वाचन चिह्नका रूपमा रहनेगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

दर्ता भएका राजनीतिक दलमध्ये निर्वाचन हुनुभन्दा तत्कालअघि कायम रहेको प्रतिनिधिसभा÷प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगमा दल दर्ता भएको क्रमका आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गरिनेछ । यसरी निर्धारण गरिएका निर्वाचन चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ३६ बजे

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र