बालेनलाई महेश बस्नेतको प्रश्न : अल्फा बिटामाथि डोजर किन चलाएको ? « Khabarhub

बालेनलाई महेश बस्नेतको प्रश्न : अल्फा बिटामाथि डोजर किन चलाएको ?


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको विषयमा नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार साँझा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्। अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन्।

नेता बस्नेतको स्टाटस:
‘बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ?
१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?
२) हामीसँग नजिक भएर या फोटो लिएको कारण?
पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।’

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १० : ४० बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर