बालेनलाई महेश बस्नेतको प्रश्न : अल्फा बिटामाथि डोजर किन चलाएको ? | Khabarhub Khabarhub

बालेनलाई महेश बस्नेतको प्रश्न : अल्फा बिटामाथि डोजर किन चलाएको ?


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको विषयमा नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार साँझा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्। अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन्।

नेता बस्नेतको स्टाटस:
‘बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ?
१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?
२) हामीसँग नजिक भएर या फोटो लिएको कारण?
पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।’

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १० : ४० बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ