सन् २०२६ को विन्टर ओलम्पिक र पारालम्पिक इटालीमा हुने | Khabarhub Khabarhub

सन् २०२६ को विन्टर ओलम्पिक र पारालम्पिक इटालीमा हुने


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२६ को विन्टर ओलम्पिक र पारालम्पिक आयोजनाको जिम्मा इटालीले पाएको छ । प्रतियोगिता इटालीका दुई ठूला शहर मिलान र कोर्टिनामा आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा भएको मतदानमा इटालीका यी दुई शहरले बाजी मारेका हुन् । विन्टर ओलम्पिक २०२६ फेब्रुअरी ६ देखि २२ सम्म चल्नेछ भने विन्टर पारालम्पिक मार्च ६ देखि १५ सम्म चल्नेछ । कोर्टिनाले यसअघि पनि एक संस्करणको विन्टर ओलम्पिकको आयोजना गरिसकेको छ । कोर्टिनामा सन् १९५६ मा ओलम्पिकको आयोजना भएको थियो ।

मतदानमा कूल ८२ भोट खसेकोमा मिलान र कोर्टिनाले ४७ मत पाएका थिए । विन्टर ओलम्पिक र पारालम्पिक आयोजनाको जिम्मा पाएकोमा आईओसी अध्यक्ष थोमस बाखले मिलान र कोर्टिनलाई बधाई दिए । ‘हामी एक पुरानो शीतकालीन खेलको देशमा एक उत्कृष्ट र टिकाउ खेलका लागि तयार छौ । प्रशंसकहरुको ज्ञानको सोख, अनुभव र सञ्चालक मिलेर संसारको सर्वश्रेष्ठ एथलेटिकको सहि माहोल बन्नेछ ।’ उनले भने ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : ०५ बजे

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती