बाराको कलैयामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते « Khabarhub

बाराको कलैयामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् ।

घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।

गए राति ९ बजे मटिअर्बाबाट वीरगन्जतर्फ जाँदै गरेको ना१२प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ३८ बजे

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा