सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउन अधिवक्ताहरुको माग | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सच्याउन अधिवक्ताहरुको माग


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – द्वन्द्वपीडितलाई न्याय दिनुको साटो झनै पीडा दिनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्दै अधिवक्ताहरुले आपत्ति जनाएका छन् । अहिलेको विधेयकले पीडितमाथि न्याय नगर्ने र यसले थप पीडा दिने भन्दै विधेयक संसद्बाट पास गर्न नहुने उनीहरुको धारणा छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडितमाथि अन्याय गरेर पीडकलाई उन्मुक्ति दिन खोजेको उनीहरुले आरोप लगाए । अपराधीलाई फौजदारी दायित्व बहन गराउन अधिवक्ताहरुले सरकारसँग आग्रह गरेका छन् । फौजदारी दायित्व बहन नगराउने कुनै पनि विधेयक स्वीकार्य नहुने उनीहरुको भनइ छ।

वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले सरकारले जनताको हितविपरीत पीडकमैत्री, संविधानविपरीत र अन्तर्राष्ट्रिय सन्धिविरुद्ध कानुन बनाउन नहुने बताए। उनले विधेयकले न्याय खोस्ने भन्दै हत्या र बलात्कार जस्तो अपराधलाई वर्गीकरण गरेर गल्ती गर्न नहुने तर्क गरे। अधिवक्ता त्रिपाठीले हत्या, बलात्कार जस्ता अपराधलाई अहिलेको विधेयकमा कम गम्भीर अपराधमा वर्गीकरण गरेको भन्दै अपराधलाई सामान्य भन्न नमिल्ने बताए।

अधिवक्ता तथा मावनअधिकारकर्मी महामुनिश्वर आचार्यले सङ्क्रमणकालीन न्यायिक प्रक्रियालाई अवरुद्ध गर्नेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए। अधिवक्ता इन्द्र अर्यालले द्वन्द्व पीडितका विषयमा राजनीतिक दलका नेता इमान्दार नदेखिएको भन्दै दुःखेसो पोखे।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ०३ बजे

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन