बेन्जिमा युईएफए वर्ष खेलाडी घोषित « Khabarhub

बेन्जिमा युईएफए वर्ष खेलाडी घोषित


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साबिक च्याम्पियन्स लिग विजेता रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले शुक्रबार राति यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिनइटालीका पूर्व खेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले यूईएफए प्रेसिडेन्ट अवार्ड प्राप्त गरे ।

यूईएफएले बिहिवार राति  नै च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

ड्र अनुसार दुई महारथी क्लब बार्सिलोना र बायर्न म्युनिख समूह सी मा मा परेको छन् ।अन्य समूहको तुलनामा यो समूहलाई कठिम मानिएको छ । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

समूह ‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ । समूह ‘बी’ मा पोर्टो, एट्लेटिको मड्रिड, बायर्न लिभरकुसेन र क्लब ब्रुग रहेको छ।

समूह ‘डी’ मा फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से ररहदा समूह ‘ई’ मा एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब छन् । समूह ‘एफ’ मा रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह ‘जी’ मा म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहदा समूह ‘एच’ मा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : २५ बजे

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन