सिट बाँडफाँटमा समस्या छैन, भदौ १५ भित्र टुंगिन्छ : प्रचण्ड « Khabarhub

सिट बाँडफाँटमा समस्या छैन, भदौ १५ भित्र टुंगिन्छ : प्रचण्ड


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनमा कुनै अप्ठेरी नरहेको दाबी गरेका छन् ।

कार्यदललाई सिट बाँडफाँट गर्न सकस परिरहेका बेला शुक्रबार विराटनगर विमानस्थल पुगेका प्रचण्डले पत्रकारसँग बाहिर चर्चा भएजस्तो समस्या नभएको बताएका हुन् ।

आगामी निर्वाचनका लागि भदौ १५ भित्र सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने दाबी उनको छ । ‘हामी निरन्तर छलफलमा छौं। कार्यदलले काम गरिरहेको छ।’ उनले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक स्वीकृत हुने विश्वास प्रचण्डको छ। तर राष्ट्रपतिका कतिपय व्यवहार भने स्वाभाविक नदेखिएको टिप्पणी उनले गरेका छन्।

प्रचण्डले भने, ‘राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुन्छ भन्नेमा म विश्वस्त छु। कतिपय व्यवहार स्वाभाविक देखिएको छैन। तर, यसले त्यस्तो केही संकट निम्त्याउने म देख्दिनँ।’

नागरिकता विधेयकबारे छलफललाई तीव्रता दिएपछि राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठिरहेको छ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १२ : ३५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार