राष्ट्रिय खेलकुदका लागि दुई सय ७९ खेलाडी छनोट « Khabarhub

राष्ट्रिय खेलकुदका लागि दुई सय ७९ खेलाडी छनोट


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ खेलबाट दुई सय ७९ खेलाडी छनोट गरिएको हो । 

बुद्धिचालतर्फ सबैभन्दा कम खेलाडी अर्थात् पुरुष दुई र महिला एक गरेर तीन खेलाडी छनोट गरिएको छ । त्यस्तै साइक्लिङ विधातर्फ तीन पुरुष र एक महिला राइडर छनोट गरिएको जनाइएको छ । यस विधाका लागि टाईसन राई, सागर तामाङ (विश्वास) राई र केसीका राईले इलामबाट प्रदेश छनोटमा सहभागिता जनाउने बताइएको छ ।

करातेबाट महिलातर्फ ४५ किलोदेखि ६८ किलो तौल समूह र पुरुषतर्फ ५० देखि ८४ किलोमाथिको तौल समूहका खेलाडी छनोट गरिएको छ । त्यसैगरी टिम कुमुते, टिम काता, एकल काताका खेलाडीसमेत छनोट गरिएको हो ।

सबैभन्दा बढी खेलाडी फुटबल खेलबाट छनोट गरिएको छ । महिलातर्फका उक सय ३० खेलाडीमध्येबाट २५ जनालाई प्रारम्भिक छनोट गरिएको थियो । प्रारम्भिक सूचीमा परेकामध्येबाट पछिल्लो पटक १६ खेलाडी छनोट गरिएको छ । 

त्यसैगरी पुरुषतर्फ एक सय ९५ खेलाडीमध्ये प्रारम्भिक सूचीमा ३६ खेलाडी रहेका थिए । त्यसबाट अन्तिम छनोटमा परेका १६ जनालाई बन्द प्रशिक्षणमा राखिने जनाइएको छ । यही भदौ ३ गतेबाट खेलाडी छनोट सुरु गरिएको जनाइएको छ । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : १७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड