राष्ट्रिय खेलकुदका लागि दुई सय ७९ खेलाडी छनोट « Khabarhub

राष्ट्रिय खेलकुदका लागि दुई सय ७९ खेलाडी छनोट


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ खेलबाट दुई सय ७९ खेलाडी छनोट गरिएको हो । 

बुद्धिचालतर्फ सबैभन्दा कम खेलाडी अर्थात् पुरुष दुई र महिला एक गरेर तीन खेलाडी छनोट गरिएको छ । त्यस्तै साइक्लिङ विधातर्फ तीन पुरुष र एक महिला राइडर छनोट गरिएको जनाइएको छ । यस विधाका लागि टाईसन राई, सागर तामाङ (विश्वास) राई र केसीका राईले इलामबाट प्रदेश छनोटमा सहभागिता जनाउने बताइएको छ ।

करातेबाट महिलातर्फ ४५ किलोदेखि ६८ किलो तौल समूह र पुरुषतर्फ ५० देखि ८४ किलोमाथिको तौल समूहका खेलाडी छनोट गरिएको छ । त्यसैगरी टिम कुमुते, टिम काता, एकल काताका खेलाडीसमेत छनोट गरिएको हो ।

सबैभन्दा बढी खेलाडी फुटबल खेलबाट छनोट गरिएको छ । महिलातर्फका उक सय ३० खेलाडीमध्येबाट २५ जनालाई प्रारम्भिक छनोट गरिएको थियो । प्रारम्भिक सूचीमा परेकामध्येबाट पछिल्लो पटक १६ खेलाडी छनोट गरिएको छ । 

त्यसैगरी पुरुषतर्फ एक सय ९५ खेलाडीमध्ये प्रारम्भिक सूचीमा ३६ खेलाडी रहेका थिए । त्यसबाट अन्तिम छनोटमा परेका १६ जनालाई बन्द प्रशिक्षणमा राखिने जनाइएको छ । यही भदौ ३ गतेबाट खेलाडी छनोट सुरु गरिएको जनाइएको छ । 

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : १७ बजे

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै

‘मेक्सिको दबाबसँग इङ्गल्यान्ड डराउँदैन’

काठमाडौँ – इङ्गल्यान्डका पूर्वकप्तान एलन शियररले विश्वकपको अन्तिम १६ मा

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक