निर्माता पक्राउपछि रेखाको आक्रोश– सरकारको नालायक र पाखण्ड जवाफ ! « Khabarhub

निर्माता पक्राउपछि रेखाको आक्रोश– सरकारको नालायक र पाखण्ड जवाफ !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्कीलाई प्रहरीले विप्लवका कार्यकर्ता भन्दै पक्राउ गरेपछि नायिका रेखा थापाले आक्रोश व्यक्त गरेकी छिन् । उनले सरकारले लगाएको आरोपलाई नालायक र पाखण्ड भएको बताएकी छिन् ।

प्रहरीले सोमवार निर्माता कार्कीलाई विप्लवका कार्यकर्ता भएको भन्दै बालुवाटारबाट पक्राउ गरेको थियो ।

‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो, सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ, धकेलेर, भर्खरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको आफ्नै आँखाले देख्न पाइयो,’ रेखाले भनिन्, ‘सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधीलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा विप्लव समर्थक भएर रे ?’

उनले कुनै व्यक्ति या पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ? भन्दै प्रश्न उठाएकी छिन् । रेखा र कार्कीले फिल्म ‘मालिका’ मा सहकार्य गरेका थिए । प्रहरीले पक्राउ गरेका कार्की पछिल्लो समय राज्यका विरुद्ध सामाजिक सञ्जालमा खरो रुपमा प्रस्तुत भएका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १ : १२ बजे

महाशिवरात्रिको अवसरमा क्रिएसनले खटायो पाँच सय सफाइकर्मी  

काठमाडौं–  क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच

४६ रनमा बन्दा ५ विकेट, संकटमा नेपालको ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा ४६

सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३औँ स्थापना दिवस तथा शिवरात्रि

काठमाडौं– नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध नेपाल : २३ रन बन्दा चार विकेट गयो

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालले

एम्बुलेन्सको भाडा बढेपछि स्थानीयबाट विरोध

जुम्ला– जुम्लाबाट नेपालगञ्जसम्म जानका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ