श्रीलंकालाई सहयोग गर्न तयार छौँ : भारतीय राष्ट्रपति मुर्मु « Khabarhub

श्रीलंकालाई सहयोग गर्न तयार छौँ : भारतीय राष्ट्रपति मुर्मु


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दक्षिणी छिमेकी मुलुक श्रीलंकालाई सहयोग गर्न तयार रहेको जनाएकी छिन् ।

आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको चरम अभावबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्न भारत तयार रहेको राष्ट्रपति मुर्मुले जनाएकी हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको छिमेकी प्रथम नीति अनुसार भारत सहयोगका लागि तयार रहेको उनको भनाइ छ ।

‘निकट छिमेकीका रुपमा भारत श्रीलंकाका जनताहरुलाई चुनौतिको सामना गर्नका लागि सहयोग गर्न तयार रहेको छ ।’ मुर्मुलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

उनले दुई मुलुकबीच लामो समयदेखि कायम द्विपक्षीय साझेदारी पनि निरन्तर जारी रहने अपेक्षा व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : १८ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा