पाँचथर– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले संघीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन्
गृहजिल्ला पाँचथर पुगेका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागबन्डाबारेको छलफल चलिरहेको बताए । एउटा मात्र निर्वाचन क्षेत्र भएकाले आफू संघीय उम्मेदवार बन्ने उनले बताए ।
पटक/पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरूप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको सहमहामन्त्री आङदेम्बेको भनाइ छ । ‘स्थायी सरकार बनेर नागरिकको काम गर्नका निम्ति पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुको विकल्प छैन’, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीपकुमार सुनवार, प्रदेश नं १ समिति सदस्य उत्तम चौलागाईँलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया