सुरक्षाकर्मीको व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयको माग « Khabarhub

सुरक्षाकर्मीको व्यवस्था गर्न त्रिभुवन विश्वविद्यालयको माग


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले सुरक्षाकर्मीको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ, कीर्तिपुरका विद्यार्थीको केही समुहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने गरेको भन्दै सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्रालयसँग माग गरेको छ ।

त्रिविले विज्ञप्ती जारी गर्दै विश्वविद्यालयको दैनिक काम कारवाही गर्दा बारम्बार कार्यालयमा जवरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समुहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गर्नुको अतिरिक्त त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिनुहुन नेपाल सरकार गृह मन्त्रालय समक्ष विश्वविद्यालय अपिल गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : ३६ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि