बर्नेमाउथविरुद्ध लिभरपुलकाे फराकिलाे जित « Khabarhub

बर्नेमाउथविरुद्ध लिभरपुलकाे फराकिलाे जित


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित दर्ता गरेको छ ।शनिबार भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ९– ० गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २/२ गोल गरे ।यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक/एक गोल गरे ।

बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरे ।लिभरपुलले पहिलो हाफमै पाँच गोल गरेको थियो ।
खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

प्रिमियर लिगमा लिभरपुलको यो पहिलो जित हो । यसअघि लिभरपुलले दुई बराबरी खेल्दा एकमा हार बेहोरेको थियो । यो फराकिलो जितसँगै लिभरपुलको ४ खेलबाट ५ अंक पुगेको छ । पराजित बर्नमाउथको ४ खेलबाट ३ अंक छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १० : २१ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित