गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन : मन्त्री कार्की | Khabarhub Khabarhub

गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन : मन्त्री कार्की


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् । सुनसरीको धरान उमहानगरपालिका–१३ स्थित नेपाल पुलिस स्कुलमा निर्माण भएको नेपाल–भारतमैत्री भवन उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाबिना अन्य विकास हुन नसक्ने भएकाले शैक्षिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गुणस्तरीय र प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिभाशाली शिक्षणका लागि भारत सरकारले निर्माण गरेको भवनले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दैै उनले भने, ‘भारत सरकारले विसं २००७ देखि नेपालको विकास निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’ सो अवसरमा मन्त्री कार्कीले समृद्ध, समुन्नत र शान्त नेपाल निर्माण गर्नका लागि सबै देशको सहयोग लिएर अगाडि बढ्ने सरकारको नीति रहेको उल्लेख गरे ।

भारत सरकारले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइको विकासका लागि निर्वाह गरिरहेको भूमिकाप्रति मन्त्री कार्कीले नेपाल सरकारकोतर्फबाट भारत सरकारलाई धन्यवादसमेत ज्ञापन गरे । भारत सरकारसँग विगतदेखि नै सम्बन्ध सुदृढ रहेको बताउँदै उनले थप सम्बन्ध विस्तार गरेर देशको धार्मिक पर्यटन र जलस्रोतको विकास गर्नुपर्ने समय आएको बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १० : ४३ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ