बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध « Khabarhub

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ ।

सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए।

सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स–साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची– ६ तालामाराङका योगबहादुर अर्यालले बताए । हेलम्बु र मेलम्चीका नदीतटका बासिन्दा पानी पर्नेबित्तिकै समस्यामा पर्ने गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ७ : २५ बजे

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी