ट्राफिक नियम उल्लंघन गर्ने २९ सय ५९ सवारी चालकमाथि कारबाही  « Khabarhub

ट्राफिक नियम उल्लंघन गर्ने २९ सय ५९ सवारी चालकमाथि कारबाही 


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९५९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १९३ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना, लेन उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि करबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : ३४ बजे

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम