काठमाडौं उपत्यकाका पाँच ठाउँमा विष्फोट गराउने विप्लवको योजना, प्रहरी सक्रियताले बन्यो विफल « Khabarhub

काठमाडौं उपत्यकाका पाँच ठाउँमा विष्फोट गराउने विप्लवको योजना, प्रहरी सक्रियताले बन्यो विफल


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपाल बन्द सफल बनाउन काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा एक-एक गरी पाँच स्थानमा विष्फोट गराउने योजना बनाएको प्रहरी स्रोतको दाबी छ ।

सोमबार साँझ काठमाडौंमा पक्राउ परेका विप्लवका एक कार्यकर्ताले दिएको बयानमा बन्द सफल बनाउन विष्फोट गराउने योजना रहेको बताएको प्रहरीले जनाएको हो ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार, विप्लव समूहले काठमाडौंको सोह्रखुट्टेलगायतका तीन स्थानमा विस्फोट गराउने योजना बनाएको थियो ।

त्यस्तै विप्लव समूहले भक्तपुर र ललितपुरमा एक-एक गरी दुईवटा बम विस्फोट गराउने योजना बनाएको थियो । तर, प्रहरीको गुप्तचर निकायको सर्तकता तथा सक्रियताका कारण उक्त योजना विफल भएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : ४६ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन