सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने नेकपा बहुमतमको चेतावनी | Khabarhub Khabarhub

सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने नेकपा बहुमतमको चेतावनी


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफुहरुसंग गरेको सहमति राज्यपक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको पेश भएको बताए ।

उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए । संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३ सय २२ मुद्धा फिर्ता लिन नसकिने बताएको जिकिर गरे । त्यस्तै उनले संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ५४ बजे

मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने भएको छ

शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको

यी हुन् तौल घटाउने तीन सूत्र

पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता : नेता खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र