सम्पदा संरक्षणमा जोड दिँदै काठमाडौं महानगरले ल्यायो १५ अर्ब ५० करोडको बजेट  « Khabarhub

सम्पदा संरक्षणमा जोड दिँदै काठमाडौं महानगरले ल्यायो १५ अर्ब ५० करोडको बजेट 



काठमाडौं- काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण र सम्पदा संरक्षणमा जोड दिदैं आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरसभाको पाँचौ अधिबेशनमार्फत आय व्यय सहितको बजेट प्रस्तुत गरेको हो । महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण, हनुमान ढोकासहित सम्पदा संरक्षण, वातावरण प्रदुषण नियन्त्रण, सार्वजनिक तथा निजी साझेदारी, जनस्वास्थ्य सेवा, सहरी सुव्यवस्था लगायतमा विशेष केन्द्रित हुने गरी बजेट प्रस्तुत गरिएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १८ शीर्षकमा पूर्वाधार निर्माण र महानगर सरसफाई र सौन्दर्यीकरणलाइ विशेष लक्षित गरी विविध कार्यक्रम सहितको बजेट ल्याएको बताए । महानगरपालिको चालु आर्थिक वर्षको बजेट १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याइएको थियो । सो बजेटलाइ हेर्ने हो भने आगामी वर्षको बजेट १९ प्रतिशतले बढेको देखिन्छ ।

व्यय तर्फको बजेटका शीर्षक

पुँजीगत सम्पति खर्च १ अर्ब  ५५ करोड ३५ लाख, तलब पारिश्रमिक, सुविधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यलय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार,  पुर्वाधार सुधार तथा अन्य विकास खर्च ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार, नेपाल सशर्त अनुदानबाट पुँजीगत खर्च ३ अर्ब  ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजना १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी १५ अर्ब ५० करोड ७० लाख १२ हजार अनुमानित बजेट पेश गरिएको छ ।

आय तर्फको बजेटका शीर्षक

स्थानीय कर आय ३ अर्ब ६४ करोड, गैरकर आय २ अर्ब  ४२ करोड ६ लाख ३७ हजार, राजस्व बाडफाडबाट प्राप्त आय १ अर्ब ५० करोड, अन्य स्रोतबाट आय ४ अर्ब १८ करोड ९० लाख ८ हजार, नेपाल तथा प्रदेश सरकार शसर्त अनुदान ३ अर्ब ३८ करोड ६ लाख, नेपाल तथा प्रदेश सरकार समानिकरण अनुदान  ७७ करोड ८४ लाख ८ हजार, अन्य निकाय सहयोग ३ करोड रहेको छ  ।

त्यसैगरि विभिन्न स्रोतबाट पुर्ति गरिने बजेट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार, गत वर्षको बैंक मौज्दात २ अर्ब ६२ करोड ९० लाख ९७ हजार र जग्गा एकीकरण आयोजना १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी आयतर्फको कूल १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेट पेश गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ५ : ४५ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस