सम्पदा संरक्षणमा जोड दिँदै काठमाडौं महानगरले ल्यायो १५ अर्ब ५० करोडको बजेट  | Khabarhub Khabarhub

सम्पदा संरक्षणमा जोड दिँदै काठमाडौं महानगरले ल्यायो १५ अर्ब ५० करोडको बजेट 



काठमाडौं- काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण र सम्पदा संरक्षणमा जोड दिदैं आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरसभाको पाँचौ अधिबेशनमार्फत आय व्यय सहितको बजेट प्रस्तुत गरेको हो । महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण, हनुमान ढोकासहित सम्पदा संरक्षण, वातावरण प्रदुषण नियन्त्रण, सार्वजनिक तथा निजी साझेदारी, जनस्वास्थ्य सेवा, सहरी सुव्यवस्था लगायतमा विशेष केन्द्रित हुने गरी बजेट प्रस्तुत गरिएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १८ शीर्षकमा पूर्वाधार निर्माण र महानगर सरसफाई र सौन्दर्यीकरणलाइ विशेष लक्षित गरी विविध कार्यक्रम सहितको बजेट ल्याएको बताए । महानगरपालिको चालु आर्थिक वर्षको बजेट १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याइएको थियो । सो बजेटलाइ हेर्ने हो भने आगामी वर्षको बजेट १९ प्रतिशतले बढेको देखिन्छ ।

व्यय तर्फको बजेटका शीर्षक

पुँजीगत सम्पति खर्च १ अर्ब  ५५ करोड ३५ लाख, तलब पारिश्रमिक, सुविधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यलय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार,  पुर्वाधार सुधार तथा अन्य विकास खर्च ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार, नेपाल सशर्त अनुदानबाट पुँजीगत खर्च ३ अर्ब  ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजना १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी १५ अर्ब ५० करोड ७० लाख १२ हजार अनुमानित बजेट पेश गरिएको छ ।

आय तर्फको बजेटका शीर्षक

स्थानीय कर आय ३ अर्ब ६४ करोड, गैरकर आय २ अर्ब  ४२ करोड ६ लाख ३७ हजार, राजस्व बाडफाडबाट प्राप्त आय १ अर्ब ५० करोड, अन्य स्रोतबाट आय ४ अर्ब १८ करोड ९० लाख ८ हजार, नेपाल तथा प्रदेश सरकार शसर्त अनुदान ३ अर्ब ३८ करोड ६ लाख, नेपाल तथा प्रदेश सरकार समानिकरण अनुदान  ७७ करोड ८४ लाख ८ हजार, अन्य निकाय सहयोग ३ करोड रहेको छ  ।

त्यसैगरि विभिन्न स्रोतबाट पुर्ति गरिने बजेट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार, गत वर्षको बैंक मौज्दात २ अर्ब ६२ करोड ९० लाख ९७ हजार र जग्गा एकीकरण आयोजना १ अर्ब १२ करोड ८२ लाख ७० हजार गरी आयतर्फको कूल १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेट पेश गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ५ : ४५ बजे

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिन्छ : कृषिमन्त्री 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)