आगामी निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच : एमाले महासचिव पोखरेल  « Khabarhub

आगामी निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच : एमाले महासचिव पोखरेल 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन भर्सेज बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् । उनले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति भएको बताए ।

‘यस पटकको निर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिको छनौटको रूपमा रहेको छ,’ आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको छ । नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न पाँच दलबाट बाहिरका शक्तिलाई पनि साथमा लिने प्रयास गर्दैछ ।’

आफूहरू एमालेलाई बलियो शक्ति बनाउन जुटेको दाबी उनले गरे ।  मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरिहार्य हुने उनले बताए ।

‘जब राष्ट्रको विकास र समृद्धिको प्रश्न आउँछ त्यति बेला राजनीतिक दलहरूले आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रमको आधारमा जनतामा जाने सामर्थ्य राख्नुपर्छ,’ उनले भने ।

नेपालको पुरानो महत्त्वपूर्ण राजनीतिक दलको रूपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइसको उनले बताए । कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको समेत जनाए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : १९ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको