नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ? « Khabarhub

नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ?


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी छन् ।

जसका कारण प्रतिनिधिसभाले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको सन्देशसहितको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले आइतबार विधायन समितिमा पठाएको हो ।

राष्ट्रिय सभाले पठाएकै भोलिपल्ट सोमबार विधायन समितिमा छलफल सुरु भएको हो ।

छलफलमा कसले के भने ?

देवेन्द्र दाहाल

नागरिकता विधेयकबारे पहिले सरकारको धारणा आओस् । त्यसपछि मात्रै अगाडि बढौँ । सरकार के चाहन्छ, त्यसपछि हामीलाई आफ्नो धारणा राख्न सहज हुन्छ  ।

बिमला राई पौड्याल 

प्रक्रियाको विषयमा के हो ? पहिला विधेयक आयो, संशोधन हालौँ । तर, छलफल नगरी पारित गरेर पठाइएको थियो । अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऔँ ।

भगवती न्यौपाने

गहन रूपमा छलफल गर्नुपर्ने हुन्छ । पहिले सरकारको धारणा चाहियो ।

भैरव सुन्दर श्रेष्ठ 

विज्ञको कुरा सुन्नुपर्छ । नागरिकता विधेयक जस्तो विषयमा छिटो छिटो भनेर हुँदैन ।  हामीले पहिले पनि संशोधन हालेका थियौँ । त्यही कुरा राष्ट्रपतिले फिर्ता पठाउँदा भन्नुभएको छ  । यसलाई प्रक्रियागत रूपमा लैजाऔँ । लोकतन्त्रमा बहुमत र अल्पमत हुन्छ । विगतमा पनि माने कै हो । यसलाई जित र हारको विषय नबनाऔँ । गहन छलफल गरौँ । सबै पक्षको कुरा सुनेर अगाडि बढाँै ।

प्रमिला कुमारी  

जन्मसिद्धको सन्तान अनागरिक छन् । यही कुरा नै मुख्य हो अविलम्ब पारित गरौँ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : ५२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको