नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ? | Khabarhub Khabarhub

नागरिकता विधेयक : विधायन समिति छलफलमा कसले के भने ?


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी छन् ।

जसका कारण प्रतिनिधिसभाले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको सन्देशसहितको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले आइतबार विधायन समितिमा पठाएको हो ।

राष्ट्रिय सभाले पठाएकै भोलिपल्ट सोमबार विधायन समितिमा छलफल सुरु भएको हो ।

छलफलमा कसले के भने ?

देवेन्द्र दाहाल

नागरिकता विधेयकबारे पहिले सरकारको धारणा आओस् । त्यसपछि मात्रै अगाडि बढौँ । सरकार के चाहन्छ, त्यसपछि हामीलाई आफ्नो धारणा राख्न सहज हुन्छ  ।

बिमला राई पौड्याल 

प्रक्रियाको विषयमा के हो ? पहिला विधेयक आयो, संशोधन हालौँ । तर, छलफल नगरी पारित गरेर पठाइएको थियो । अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऔँ ।

भगवती न्यौपाने

गहन रूपमा छलफल गर्नुपर्ने हुन्छ । पहिले सरकारको धारणा चाहियो ।

भैरव सुन्दर श्रेष्ठ 

विज्ञको कुरा सुन्नुपर्छ । नागरिकता विधेयक जस्तो विषयमा छिटो छिटो भनेर हुँदैन ।  हामीले पहिले पनि संशोधन हालेका थियौँ । त्यही कुरा राष्ट्रपतिले फिर्ता पठाउँदा भन्नुभएको छ  । यसलाई प्रक्रियागत रूपमा लैजाऔँ । लोकतन्त्रमा बहुमत र अल्पमत हुन्छ । विगतमा पनि माने कै हो । यसलाई जित र हारको विषय नबनाऔँ । गहन छलफल गरौँ । सबै पक्षको कुरा सुनेर अगाडि बढाँै ।

प्रमिला कुमारी  

जन्मसिद्धको सन्तान अनागरिक छन् । यही कुरा नै मुख्य हो अविलम्ब पारित गरौँ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  २ : ५२ बजे

कर्णालीका मुख्यमन्त्री भन्छन्- प्रतिगामीहरू गणतन्त्र उल्ट्याउन खोज्दैछन, सचेत बनौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि

क्षतिग्रस्त मन्त्री निवास निरीक्षणमा पुगे दुई मन्त्री

काठमाडौं– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान

माधव नेपालद्वारा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अपर्ण

काठमाडौं– नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले जेन-जी प्रदर्शनका क्रममा

जेन-जी आन्दोलनका सहिदलाई एमालेको श्रद्धाञ्जली, महासचिव पोखरेल भन्छन्- एमाले युवाको पार्टी हो

काठमाडौँ- नेकपा (एमाले) ले जेन‍-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले