सर्वोच्चमा बालेनविरुद्ध अवहेलना मुद्दामाथि सुनुवाइ « Khabarhub

सर्वोच्चमा बालेनविरुद्ध अवहेलना मुद्दामाथि सुनुवाइ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त अवहेलना मुद्दाको सुनुवाइ भएको हो।अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए। उनले लेखेका थिए- ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

उनको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ३ : ४८ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद