नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी « Khabarhub

नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएको हो ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् । तत् पश्चात् बसेको प्रतिनिधिसभा बैठकले पुनः विना संशोधन जस्तोको तस्तै पारित गरी राष्ट्रिय सभामा पठाएको छ ।

राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ । यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो ।  यद्यपि, एमाले बैठक भने बहिस्कार गरेको भने होइन ।

बैठक चलिरहँदा बाहिर अर्को बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् ।

एमाले सांसदहरू बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ३९ बजे

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा

एक महिनामा विपद्का १ हजार बढी घटना, ५९ जनाको मृत्यु

काठमाडौं– वैशाख १ देखि जेठ ३ गतेसम्मको अवधिमा देशभर भएका

मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीबाट श्रद्धाञ्जली

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

काठमाडौं– गायिका ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु