माओवादीको अवस्थाबारे प्रचण्डले भने- काठमाडौँ उपत्यकामा नाजुक, अन्यत्र राम्रै छ  | Khabarhub Khabarhub

माओवादीको अवस्थाबारे प्रचण्डले भने- काठमाडौँ उपत्यकामा नाजुक, अन्यत्र राम्रै छ 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन् ।

तराई मधेसमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताए ।

बागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताए । बागमतीमा कम्युनिष्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलि कति बढी बागमतीमा कांग्रेसको राम्रो रहेको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ५ : ५१ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।