सप्तरीमा अवैध मदिरासहित लागूऔषध बरामद « Khabarhub

सप्तरीमा अवैध मदिरासहित लागूऔषध बरामद


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीमा सशस्त्र प्रहरीले अवैध मदिरासहित लागूऔषध बरामद गरेको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ बाट २०० लिटर अवैध मदिरा र राजगढ गाउँपालिका वडा नम्बर २ बाट १०६ प्याकेट राजनिवास नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कडरबोनाबाट खटिएको टोलीले गाईघाट कदमाहा सडक खण्डअन्तरर्गत सुरुङ्गा नगरपालिका वडा नम्बर ५ स्थित एक घरमा शङ्का लागेर चेक जाँच गर्दा अवैध मदिरा नियन्त्रणमा लिएका हुन् ।

स्थानीय वडाध्यक्ष दिलाराम चौधरीसहित भद्रभलादमी, बुद्धिजीवीलगायतको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका गणपति प्रदीप खड्काले जानकारी दिएको छ ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ स्थित बनैनिया बाट लगभग २५ हजार मूल्य बराबरको अवैध राजनिवास बरामद गरेको छ । बिओपी बनैनियाँका सशस्त्र प्रहरी निरीक्षक तुलसी राम कार्कीको कमान्डमा खटिएको टोलीले सो अवैध राजनिवास बरामद गरिएको जनाएको छ ।

भारतबाट अवैध रूपमा नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा १०६ प्याकेट राजनिवास बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका अवैध समानलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको तथा तस्करको खोजी कार्य तीव्र रूपमा भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ३७ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को