चेली-माइतीको सम्बन्ध प्रगाढ बनाउन तीज महत्त्वपूर्ण : प्रदेश प्रमुख शर्मा  « Khabarhub

चेली-माइतीको सम्बन्ध प्रगाढ बनाउन तीज महत्त्वपूर्ण : प्रदेश प्रमुख शर्मा 


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेपाली हिन्दु नारीहरूको पर्व हरितालिका तीजका अवसरमा मंगलबार  शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यो पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आफू विश्वस्त रहेको बताए ।

प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं अटल सौभाग्यका लागि शुभकामना दिएका छन् ।

प्रमुख शर्माले हाम्रो देश नेपाल विभिन्न भाषा, धर्म, संस्कृति, संस्कारले भरिपूर्ण भएकाले उल्लेख गर्दै भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म आफ्नो र परिवारका सदस्यको हितको कामना गर्दै मनाइने तीजको पनि आफ्नै महत्त्व रहेको बताए ।

यस पर्वमा देखिने विभिन्न विकृत पक्षलाई भने त्याग्नुपर्ने प्रमुख शर्माको सुझाव छ । ‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलो शैली, देखासिकीजस्ता विकृत पक्षलाई पूर्णरुपमा त्याग्नु आवश्यक छ,’ आफ्नो शुभकामना सन्देशमा प्रमुख शर्माले उल्लेख गरेका छन्, ‘यसो गरेमा यस पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वको संरक्षण हुन गई तीजको मौलिकता पनि कायम राख्न सघाउ पुग्दछ ।’

प्रमुख शर्माले हरितालिका तीजले महिलालाई सशक्त तथा क्रियाशील बनाउन मद्दत गरोस् भन्दै सामाजिक विभेदको अन्त्य गर्दै समतामूलक एवं सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : ३१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी