पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो « Khabarhub

पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् ।

हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएको जनाइएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य घटनामा परेर हालसम्म एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु एक हजार छ सय ३४ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएको जनाइएको छ । पाकिस्तानका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी पहिरोबाट बढी प्रभावित भएका छन् ।

बाढी पहिरोका कारण तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५७ पुल भत्काएको, २० लाख एकडमा लगाएको बाली नष्ट भएको, एक सय ८० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ भन्दा घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

हालसम्म ५१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तथा चार लाख ९८ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

वर्षासँगैको बाढी र पहिरोका कारण देशमा आपतकाल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ ।

बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ३ : ४० बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा