खोलामा बेपत्ता जिप चालकको शव फेला « Khabarhub

 खोलामा बेपत्ता जिप चालकको शव फेला


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– गत शुक्रबार राति भएको जिप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ ।

रोल्पाको माडी गाउँपालिका-४ माडी खोलामा भएको जिप दुर्घटना चालक बेपत्ता भएका थिए । शव फेला पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षीय बुद्धिबहादुर लामा रहेका छन् ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे शव भेटेको प्रहरीले जनाएको छ ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारबाट घर्ती गाउँतर्फ आउँदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जिप सडकबाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : ०१ बजे

चर्चामा माइकल ज्याक्सनको बायोपिक

काठमाडौं – अमेरिकी पप गायक तथा ‘किङ अफ पप’को उपमा

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

दमौली– यहाँको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना

पहिले मलाई ‘एक्ले ढेँडु’ बनाए, अहिले तोरीको फूल देख्दैछन् : झलनाथ खनाल

काठमाडौं- झलनाथ खनाल वामपन्थी आन्दोलन र कम्युनिस्ट विचारधारा अध्ययन गर्ने

राहत तथा अस्थायी शिक्षकका रिक्त कोटा दरबन्दीमा रुपान्तरण गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले रिक्त रहेका राहत

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका