नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी सिरिज « Khabarhub

नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी सिरिज


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्याविरुद्धको ५ खेलको टी–ट्वान्टी  सिरिज नेपालले जितेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको अन्तिम टी–ट्वान्टी खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको हो ।

एक सय ७६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । केन्याको लागि नेहेम्याह ओधियाम्बोले ३७ र इरफान करिरमले २८ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र बसिर अहमदले २–२ तथा करन केसी, मोहम्मद आदिल आलम, र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए ।

मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए । केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । दुई राष्ट्रबीचको ३ खेलको एकदिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ८ : ०४ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष