अष्ट्रेलियालाई चिनियाँ प्रस्ताव – आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हट्छ | Khabarhub Khabarhub

अष्ट्रेलियालाई चिनियाँ प्रस्ताव – आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हट्छ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ सरकारी सञ्चारमाध्यमले अष्ट्रेलियासमक्ष उइगुर मुसलमानमाथि जारी ज्यादतीबारे आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हटाउने प्रस्ताव गरेको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यस्तो प्रस्ताव गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक ग्लोबल टाइम्सले अष्ट्रेलिया समक्ष चिनियाँ प्रविधि कम्पनी हुवावेमाथिको प्रतिबन्ध हटाउन समेत माग गरेको छ ।

पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध चिसिँदै गएको अवस्थामा चिनियाँ अखबारले यस्तो प्रस्ताव गरेको हो । यसअघि अष्ट्रेलियाले सर्वप्रथम चीनको वुहान सहरमा देखिएको कोरोना भाइरसको उत्पत्तीबारे पनि छानबिन हुनुपर्ने बताएको थियो ।

चीनले भने अमेरिकासँग मिलेर अष्ट्रेलियाले चीनविरोधी गतिविधि गर्दै आएको आरोप लगाउने गरेको छ ।

गत मे महिनामा चीनले अष्ट्रेलियाबाट आयात हुने जौमा ८० प्रतिशत राजश्वको घोषणा गरेको थियो । यसबाहेक चीनले अष्ट्रेलियाको महत्वपूर्ण निर्यातवस्तु मानिने गहुँ र वाइनको आयातमा पनि कडाई गरेको एएनआईले जनाएको छ ।

अष्ट्रेलियाले लामो समयदेखि चीनको सिन्जियाङ प्रान्तमा उइगुर मुसलमानविरुद्ध जारी चिनियाँ दमनको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ३६ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक