अष्ट्रेलियालाई चिनियाँ प्रस्ताव – आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हट्छ « Khabarhub

अष्ट्रेलियालाई चिनियाँ प्रस्ताव – आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हट्छ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ सरकारी सञ्चारमाध्यमले अष्ट्रेलियासमक्ष उइगुर मुसलमानमाथि जारी ज्यादतीबारे आलोचना बन्द गरे व्यापारिक प्रतिबन्ध हटाउने प्रस्ताव गरेको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यस्तो प्रस्ताव गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक ग्लोबल टाइम्सले अष्ट्रेलिया समक्ष चिनियाँ प्रविधि कम्पनी हुवावेमाथिको प्रतिबन्ध हटाउन समेत माग गरेको छ ।

पछिल्लो समय दुई मुलुकबीचको सम्बन्ध चिसिँदै गएको अवस्थामा चिनियाँ अखबारले यस्तो प्रस्ताव गरेको हो । यसअघि अष्ट्रेलियाले सर्वप्रथम चीनको वुहान सहरमा देखिएको कोरोना भाइरसको उत्पत्तीबारे पनि छानबिन हुनुपर्ने बताएको थियो ।

चीनले भने अमेरिकासँग मिलेर अष्ट्रेलियाले चीनविरोधी गतिविधि गर्दै आएको आरोप लगाउने गरेको छ ।

गत मे महिनामा चीनले अष्ट्रेलियाबाट आयात हुने जौमा ८० प्रतिशत राजश्वको घोषणा गरेको थियो । यसबाहेक चीनले अष्ट्रेलियाको महत्वपूर्ण निर्यातवस्तु मानिने गहुँ र वाइनको आयातमा पनि कडाई गरेको एएनआईले जनाएको छ ।

अष्ट्रेलियाले लामो समयदेखि चीनको सिन्जियाङ प्रान्तमा उइगुर मुसलमानविरुद्ध जारी चिनियाँ दमनको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ३६ बजे

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको