पाकिस्तानमा राजनीतिक नेताको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा राजनीतिक नेताको गोली हानी हत्या


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एक जना राजनीतिक नेताको हत्या भएको छ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा जमात उलेमा ए इस्लाम फज्लका स्थानीय नेताको गोली हानी हत्या भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

प्रहरीका अनुसार बन्दुकधारीले स्थानीय नेता करी समसुद्दिन र उनका साथी हफिज नुमान दवारको हत्या गरेका हुन् ।

स्थानीय इदेक गाउँ जाने क्रममा उनीहरु चढेको कारलाई बिची सडकमा रोकिएको थियो । त्यसपछि बन्दुकधारीले उनीहरुमाथि गोली चलाएका थिए ।

बन्दुकधारीको आक्रमणमा दुबै जनाको घटनास्थलमै मृत्यु भएको डनले जनाएको छ ।

करी समसुद्दिनका आफन्तले उनको कसैसँग कुनै किसिमको दुश्मनी नरहेको जनाएका छन् ।

हत्या गरिएका नेता स्थानीय राजनीतिमा निकै क्रियाशील रहेको बताइएको छ । उनले सो क्षेत्रमा जारी कानूनविहीनता र लक्षित हत्याबारे स्थानीय प्रशासनको चर्को आलोचना गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ४५ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा